Logo
Logo

एकीकृत समाजवादीमा नेताहरूले पाए जिम्मेवारी, कसलाई के ?

माधव नेपालको नेतृत्वमा २४ सदस्यीय सचिवालय गठन


2.1k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको जिम्मेवारी तोकेको छ । महाधिवेशन भएको साढे पाँच महिनापछि हिजो (मंगलबार) सम्पन्न स्थायी कमिटी बैठकले नेताहरूको जिम्मेवारी बाँडफाट गरेको हो ।

जसमा सम्मानित नेता झलनाथ खनालले स्कुल विभागको जिम्मा पाएका छन्  । सङ्गठन विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ नेता डा. बेदुराम भुसालले पाएका छन् । वरिष्ठ नेता प्रमेश हमाललाई विदेश विभाग र राजकीय मामिला विभागको जिम्मा घनेन्द्र बस्नेतलाई दिइएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे मोर्चा प्रमुख, उपाध्यक्ष जगन्नाथ खतिवडा सङ्घीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वाला प्रचार विभाग प्रमुख र उपाध्यक्ष जयन्तीले राई अनेमसंघको इन्चार्ज पाएका छन् ।

उपाध्यक्ष भानुभक्त जोशी सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साह मधेस प्रदेश इन्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

महासचिव घनश्याम भुसाललाई अनुगमनको जिम्मा दिइएको छ भने उपमहासचिव राजेन्द्र राई कोशी प्रदेश इन्चार्ज बनेका छन् । उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिवको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी उपमहासचिव गरिमा शाह संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरीले लुम्बिनी इन्चार्जको जिम्मा पाउँदा सचिव श्रीनाथ बरालले गण्डकी इन्चार्ज पाएका छन् । अर्का सचिव चन्द्रबहादुर शाहीले कर्णाली इन्चार्जको जिम्मा पाएका छन् ।

युवा इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिइएको छ । त्यस्तै बैठकले २४ सदस्यीय सचिवालय पनि गठन गरेको छ । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायतका नेता समेटेर केन्द्रीय सचिवालय बनाइएको हो ।

को–को छन् सचिवालयमा ?
माधवकुमार नेपाल, झलनाथ खनाल, वेदुराम भुसाल, प्रमेशकुमार हमाल, घनेन्द्र बस्नेत, राजेन्द्रप्रसाद पाण्डे, धर्मनाथप्रसाद साह, जयन्तीदेवी राई, प्रकाश ज्वाला, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, घनश्याम भुसाल, राजेन्द्रकुमार राई, गरिमा शाह, मेटमणि चौधरी, रामकुमार भट्टराई, सावित्राकुमारी भुसाल, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, बलदेव चौधरी, श्रीनाथ बराल, गणेशबहादुर विश्वकर्मा र शेरबहादुर कुँवर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्