Logo
Logo

सात वर्षका लागि ७.९९ प्रतिशत ब्याजदरमा सिटिजन्स बैंकको घर कर्जा योजना


378
Shares

काठमाडौं । सिटिजन्स बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ । ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ बैंकले ७ वर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको हो ।

उत्कृष्ट बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको बैंकले उक्त योजनाअन्तर्गत कायम रहेको व्याजदर ७ बर्षसम्म स्थिर रहने छ । सात वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १ प्रतिशत प्रिमियम दर थप गरी ब्याजदर निर्धारण गर्ने जनाएको छ ।

बैंकका शाखा कार्यालयबाट उक्त योजनाको सुविधा उपभोग गर्न सकिनेछ । अधिकतम दुई करोड रुपैयाँसम्मको कर्जा उपभोग गर्न सकिने यस घर कर्जा योजनामा ग्राहकलाई निःशुल्क भिसा क्रेडिट कार्ड र सिटिजन्स फोनपे क्रेडिट कार्डसमेत उपलब्ध गराइने बैंकले जनाएको छ । साथै उक्त योजनामा पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा पनि ५० प्रतिशत शर्तसहितको छुट रहेको छ ।

बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको हो । बैंकले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्