काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायर्स खेलमा जनकपुर बोल्ट्सले पहिले ब्याटिङ रोजेको छ । कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान आसिफ शेखले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई सहजै पराजित गरेको थियो । आजको खेलको विजेता सीधै एनपीएलको फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर्समा कर्णाली याक्सविरुद्ध खेल्नुपर्ने छ ।
जनकपुरका कप्तान अनिल साह घाइते भएपछि मार्की खेलाडी समेत रहेका आसिफ शेखले कप्तानको जिम्मेवारी सम्हालेका छन् ।