काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को इलाम जिल्ला कार्यसमिति गठन भएको छ । सोमबार इलाम सदरमुकाममा सम्पन्न पार्टीको प्रथम जिल्ला भेलाले टीका ओडारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।
भेलाले उपसभापतिमा सन्तोष श्रेष्ठ, सचिव गोकुल राइ, सहसचिव दिनेश कुमार महत र कोषाध्यक्षमा कन्पना न्यौपानेलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा कमला अधिकारी, पबित्रा कार्की राउत, सबिता दास, मिङ्ग्मा शेर्पा, प्रतीक बोहोरा र गणेश कार्की चुनिएका छन् ।