काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सबैभन्दा धेरै विकेट लिने खेलाडीको शीर्षस्थानमा जनकपुर बोल्ट्सका ललितनारायण राजवंशी रहेका छन् ।
यसअघि १३ सुदूरपश्चिमका स्कट कुग्गेलिनले उनलाई पछि पारेका थिए । तर अहिले भइरहेको कर्णाली याक्सविरुद्धको खेलमा २ विकेट लिएसँगै ललितले शीर्षस्थानमा न्युनिल्यान्डका स्कटसँग बराबरी गरेका हुन् ।
ललितले आफ्नो पहिलो बलमा जयकिसन कोल्सावालालाई क्याचआउट गराएका थिए । जनकपुरको चौथो तथा आफ्नो दोस्रो विकेटका रुपमा उनले कर्णालीका विलियम्स बोसिस्टोलाई स्टम्पिङ गराए ।
स्कट र ललितले समान १६ विकेट लिएका छन् । ललित सर्वाधिक विकेट लिने नेपाली बलर हुन् ।