काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालमा इन्डोसकोपी गरेका छन् । उनले बिहीबार बिहान साढे नौ बजे त्रिवि अस्पतालमा इन्डोसकोपी गरेका हुन् ।
इन्डोसकोपी गरेपछि उनी बिहीबार दिनभर बालुवाटारमै आराम गरेर बसेका छन् । बिहीबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित गरेर बसेका छन् । उनी नास्टको पूर्व निर्धारित कार्यक्रममा समेत ओली सहभागी भएनन् ।