Logo
Logo

लक्ष्मी सनराइज बैंकको ‘नेटिभ पकेट वृक्षारोपण’ कार्यक्रम सम्पन्न 


504
Shares

काठमाडौं । लक्ष्मी सनराइज बैंक, जेन गुडाल इन्स्टिच्यूट नेपाल, टिका विद्याश्रम उच्च माध्यमिक विद्यालय र रेभोल्युसन प्रोजेक्टको सहकार्यमा आयोजना गरिएको वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

वातावरणीय दिगो विकास तथा स्थानीय जैविक विविधता सुधारको लागि एक प्रेरणादायी प्रयास स्वरूप काठमाडौंको टिका विद्याश्रम उच्च माध्यमिक विद्यालयमा २५० वटा रुखको ‘नेटिभ पकेट वन’ बनाउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

२५० वटा रुखको नेटिभ पकेट वनको वृक्षारोपण ‘मियावाकी प्रविधि’ बाट गरिएको हो । लक्ष्मी सनराइज बैंकको आर्थिक सहयोग रहेको सो वृक्षारोपण पहलको नेतृत्व रेवोल्युसन प्रोजेक्टका विज्ञहरूद्वारा भएको थियो । यो पहल बैंकको गत महिना सम्पन्न ९औं आमन्त्रण गल्फ प्रतियोगितामा गरिएको ‘१००० वटा रुख रोप्ने प्रतिबद्वता’ को एक पाटो पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्