Logo
Logo

झापामा दुई युवतीसँग होटलमा बसेका युवक मृत भेटिए


1.7k
Shares

झापा । झापाको दमकमा दुई युवतीसँग होटलमा बास बसेका युवक मृत भेटिएका छन् । सिन्धुली दुधौली नगरपालिका–१० का ३३ वर्षीय इन्द्रबहादुर सुनुवार बिहीबार बिहान होटलमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका–६ बसपार्कस्थित मिलन होटल एन्ड लजमा बुधबार राति बसेका सुनुवार बिहान मृत फेला परेको भन्दै सञ्चालकले खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय दमकको टोली घटनास्थल जाँदा उक्त कोठामा मिक्लाजुङ गाउँपालिका–२ की २७ वर्षीया गोमाकुमारी तामाङ भेटिएकी थिइन् । उनी सुनुवारसँग बेलुका खाना खाएर कोठामा बसेकी थिइन् ।

अनुसन्धान अनुसार रामेछाप मन्थली घर भएकी २० वर्षीया सोनु तामाङ समेत होटलको कोठामा सँगै सुतेका थिए । गोमाकुमारीले सुनुवार सुतेकै स्थानमा मृत फेला परेको भन्दै होटल सञ्चालिकालाई खबर गरेकी थिइन् ।

दुबै युवतीलाई प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान थालेको छ । मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्