काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-६ स्थित धापासीको स्थानीय भाइकाजी श्रेष्ठको घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।
बिहीबार धापासीस्थित श्रेष्ठको घरमा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति नभएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सात वटा दमकलसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले दुई घन्टा बढी लगाएर आगो नियन्त्रणमा लिएका हुन् । आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको छ ।