Logo
Logo

दुर्गा प्रसाईँलाई सर्वोच्चमा उपस्थित गराइयो


1.8k
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालत उपस्थित गराइएको छ । दोस्रोपटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि आज उनलाई सर्वोच्च हाजिर गराइएको हो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक समेत रहेका प्रसाइँले आफू साइबर अपराधमा धरौटीमा रिहा भएपनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका छन् । यसअघि पनि उनले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेका थिए । तर, उक्त निवेदन खारेज भएको थियो ।

सर्वोच्चले शुक्रवार उनलाई थुनामा राखेर भइरहेको अनुसन्धान कानुनसम्मतः देखेमा रिट खारेज गर्ने छ भने गैरकानुनी देखेमा साधारण तारेख वा धरौटीमा रिहा गर्ने आदेश गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले उक्त अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ भने उनीमाथि सार्वजनिक अपराध र किर्तेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्