Logo
Logo

उच्चले पनि थुनामै पठाएपछि बेचन झा पुगे सर्वोच्च


1.8k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झा सर्वोच्च अदालत पुगेका छन् । झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनको निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् ।

उनले हिजो दर्ता गराएको रिटमा आज न्यायाधीश कुमार रेग्मीको इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ । यो सँगै झाको मुद्दा अब सर्वोच्चमा सुरु भएको छ ।

उच्चले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतीक थापालाई थुनामै पठाउन यहि पुस १ गते आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौँले थुनामा पठाएपछि उनीहरू उच्च अदालत पाटन पुगेका थिए । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी सर्वोच्च पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्