Logo
Logo
सहकारी ठगी प्रकरण

जीबी राईविरुद्ध आजै मुद्दा दर्ता, रविविरुद्ध आइतबार हुने


9.3k
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध आजै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका सूर्यदर्शन सहकारीका अध्यक्ष राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङविरुद्ध आइतबारमात्रै मुद्दा दर्ता हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्