काठमाडौं । नेपाल प्रहरीका डीआईजी दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी सिंह र बोहोरालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यसअघि गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त दुई एआईजी पदमा सिंह र बोहोरालाई बढुवा गर्न सिफारिस गरेको थियो ।
एआईजी बोहोरा यहि पुष १४ गते ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन् भने सिंह प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँगै आगामी चैत ५ गते अनिवार्य अवकाशमा जानेछन् ।