Logo
Logo

देउवा र गगन थापासँग कुनै विवाद छैन : शेखर कोइराला


1.1k
Shares

सुदूरपश्चिम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस-एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् ।

आज धनगढी विमानस्थलमा पत्रकारसँग उनले संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार गठन भएकाले सोही अनुसार जनपक्षी काम गर्नुपर्नेमा जोड दिए ।

‘यो सरकार संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि बनेको हो । संसद्का ठूला दुई दलबीचको सातबुँदे सहमति भएबमोजिम सरकार चल्नुपर्र्छ । अहिले सहमतिअनुसार काम नभएको हो कि भन्ने ढङ्गले कुरा भइरहेको छ । यस्तो हुनुहुँदैन’, नेता डा. कोइरालाले भने ।

उनले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग आफ्नो कुनै असमझदारी नरहेको पनि स्पष्ट पारे । देउवा सबैको साझा सभापति भएको र थापासँग पनि कुनै विवाद नभएको उनले जिकिर गरे । तर अगामी १५ औं महाधिवेशनमा आफू सभापतिको स्वभाविक दाबेदार भएको उनको भनाइ छ ।

नेता कोइराला पार्टीका शुभेच्छुक सङ्गठनद्वारा आयोजना हुने कार्यक्रममा सहभागी हुन आज धनगढी पुगेका हुन् । उनलाई नेता कार्यकर्ताले १५ किलोग्राम फूलको मालासहित भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्