काठमाडौं । डिजिटल वालेट ‘आईएमई पे’ले क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर पारी ट्राभल बुकिङमा १०० प्रतिशत क्यासब्याक अफर ल्याएको छ ।
कम्पनीले क्रिसमस र नयाँ वर्ष २०२५ को अवसरमा ट्राभल बुकिङ गर्दा १०० प्रतिशत क्यासब्याक अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार ५ पुसदेखि १७ पुससम्म चल्ने अफर अन्तर्गत सेवाग्राहीले आईएमई पेमार्फत आन्तरिक हवाई टिकट, बस टिकट र केबलकार टिकट खरिदमा दैनिक १०० प्रतिशत क्यासब्याक जित्ने मौका पाउनेछन् ।
अफर अवधिभरि हरेक दिन आईएमई पेबाट आन्तरिक हवाई टिकट काट्ने १ जना, बस टिकट काट्ने ३ जना र केबलकार टिकट काट्ने १० जना भाग्यशाली सेवाग्राहीले खरिद गरिएको टिकट मूल्यको १०० प्रतिशत क्यासब्याक जित्ने मौका रहेको कम्पनीले जनाएको छ । विजेताहरू दैनिक लक्की ड्र मार्फत छानिनेछन् ।