Logo
Logo

नबिल बैंकको टोल फ्री नम्बर सञ्चालनमा


315
Shares

काठमाडौं । नबिल बैंकले टोल-फ्री नम्बर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवालाई थप सरल र पहुँचयोग्य बनाउन नबिल कस्टमर केयर सेन्टरमा टोल-फ्री नम्बरको एकीकरण गरेको छ ।

ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको हो । नेपाल टेलिकम (एनटीसी) र एनसेल नेटवर्कमार्फत विना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिलले जनाएको छ ।

कले एनटिसी प्रयोगकर्ताका लागि टोल-फ्री नम्बर १६६००-१६२२४५ र एनसेल प्रयोगकर्ताका लागि १८१०२-१६२२४५ नम्बरमा कल गर्ने सुविधा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्