काठमाडौं । आज डिसेम्वर २१ तारिख विश्व ध्यान दिवस । यहि ७ डिसेम्वर २०२४ मा बसेको सयुक्त राष्ट संधको महासभाले सर्वसम्पत रुपमा हरेक वर्षकोे डिसेम्वर २१ तारीकलाई विश्व ध्यान दिवशको रुपमा मनाउने धोषणा गरेको छ । यो ऐतिहाुिसक सफलता भारतको पहल र नेपाल लिकटेन्स्टाईन, मेम्सीको अन्डोरालगायत देशको प्रयासबाट सम्भवः भएको हो ।
आजको संसार तेश्रो विश्व युद्धको संघारमा पुग्न लागेको वेला संयुक्त राष्ट्रसंघबाट घोषणा भएको विश्व ध्यान दिवशले अर्बौ शान्तीकामी ध्यानीका लागि खुसीको संचार गराएको छ । खासगरी संसारभरी छरिएर बसेका ओशो सन्यासीहरुलाई यो धोषणाले थप उर्जा मिलेको छ ।
यो पंतिmकारले पनि बुद्ध जयन्तीलाई विश्व ध्यान दिवशको रुपमा मनाउन पर्छ भन्ने अभियानलाई सधाउन आफनो फेसवुकको वालमा पोष्टर वनाएर राखेको ७ वर्ष भएको छ । आफू पनि एक ओशो सन्यासी भएको नाताले ध्यान दिवशको महत्व र यो दिवशको धोषणा गराउन ओशो सन्यासीहरुले गरेको प्रयासबारे चर्चा गर्न यहाँ सान्दर्भिक ठानेको छु ।
विश्व ध्यान दिवश र नेपालको चाहना
त्यसो त वुद्ध जयन्तीको अवसर पारेर १९९५ सालदेखि नै मे २१ को दिनलाई अनौपचारिक रुपमा विश्व ध्यान दिवसको रुपमा मनाउँदै आएका थिए । तर, यसलाइ औपचारिक रूपमा नै विश्वभरी मनाउनुपर्छ जसको लागि नेपालले संयुक्त राष्ट्र संघमा प्रस्ताव पेश गरौँ भनेर पहिलो प्रस्ताव राख्ने व्यक्ति भने ओशो तपोवनका संस्थापक स्वामी अरुण आनन्द हुन् । उहाँले बुद्ध जयन्तीको दिनलाई विश्व ध्यान दिवशको रुपमा मनाएर नेपालमा जन्मिएका बुद्धको ज्ञानलाई अझ व्यापक बनाउन चाहनुहुन्थ्यो । यस दिशामा ध्यान दिन विगत ८ वर्षदेखि नेपाल सरकारलाई झकझकाई रहनुभएको थियो ।
२०७५ सालमा त स्वामीजीले विश्व ध्यान दिवशको आवश्यकताको बारेमा एउटा मह्त्वपुर्ण पर्चा नै वनाउनु भई देशभरी प्रचारात्मक अभियान चलाउँदै हिँडनु भएको थियो । उहाँले जुनसुकै पार्टीका प्रधानमन्त्रीहरु आएपनि पहिला नेपालभरी ध्यान दिवश मनाउन औपचारिक धोषणा गर्ने । त्यसपछि संयुतm राष्टसंघमा सरकारले प्रस्ताव राखोस भन्ने सुझाव दिंदै आउनुभएको थियो । जसरी विश्व योग दिवस मनाउन स्वामी रामदेवले प्रधानमन्त्री नगेन्द्र मोदीसमक्ष सुझाव दिएका थिए ।
सोहीअनुसार भारत सरकारले विश्व योग दिवसका लागि संयुक्त राष्ट्र संघमा सेप्टेम्वर २०१४ मा प्रस्ताव राखेको थियो । सो प्रस्तावलाई पारित गर्दै अहिले हरेक जुन २१ तारिखका दिन विश्व योग दिवश मनाउने चलन चलेको छ । यो दिवस मनाउन प्रस्ताव गर्ने भारत अहिले विश्वभरका मानिसको लागि योग गुरु अथवा योग स्थल बन्न पुगेको छ ।
यसरी नै विश्वका शान्तीका दुत भगवान बुद्धका जन्म, ज्ञान प्राप्ती र मृत्य भएको त्रियोग परेको दिन मे २१ तारिखलाई विश्व ध्यान दिवसको रुपमा मनाउन नेपाल सरकारले किन पहल नगर्ने ? यसका लागि स्वामी आनन्द अरुणले निरन्तर प्रयास जारी राख्नुभएको थियो । २०२४मा नेपालको चार दिने भ्रमणमा आउनुभएका संयुक्त राष्ट्र संघका महासचिव एन्टेनीया गुटेरेसलाई तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्व ध्यान दिवसबारे मौखिक प्रस्ताव पनि राख्नु भएको थियो ।
लुम्बिनीको समेत भ्रमण गर्न भ्याउनुभएका महासचिवले यो राम्रो प्रस्ताव भएको बताएका थिए । त्यति बेला उहाँले लिखित रुपमा प्रस्ताव दिन आग्रह पनि गर्नुभएको थियो । उहाँको सल्लाहअनुसार तत्कालिन सरकारले प्रस्तावको लागी तयारी पनि थालेको थियो । तर, नेपालको अस्थिर सरकारको कारण समयमै ठोस निर्णय लिन नसक्दा भारतले नै ध्यान दिवशको पनि प्रस्ताव हालेकोले योग दिवश र ध्यान दिवशको ऐतिहासिक प्रस्तावकको रुपमा भारत पहिलो बन्न पुगेको छ । र, हामी फेरि पनि वुद्ध जयन्तीलाई विश्वव्यापीरुपमा ध्यान दिवशको रुपमा मनाउन लगाएर निःशुल्क प्रचार पाउने अवसरबाट वन्चित भएका छौँ ।
माल पाएर चाल नपाएपछि…
यदि हामीले बुद्ध जन्मेको दिनलाई विश्व ध्यान दिवसको रुपमा मनाउन सकेका भए यो बुद्ध प्रतिको ठूलो सम्मान र विश्व शान्तीमा नेपालको एक अध्यात्मिक पहिचान र गरिमालाई विश्वभरी स्थापित गर्न सफल हुुने थियौँ । नेपालमा धार्मिक तथा अध्यात्मिक पर्यटनको विकास हुने ठूलो सम्भावना रहेको छ ।
विश्वमा ५१ वटा यस्ता देश छन्, जसले आफ्नो जनसंख्याभन्दा बढी पर्यटन भित्र्याउछन् । ३० वटा देशले आफनो जनसंख्या भन्दा आधा पर्यटन भित्रयाउँछन् । तर, नेपालमा ठूलो प्राकृतिक, साँस्कृतिक, धार्मिक, अध्यात्मिक सम्पदाहरू हुँदाहुँदै पनि सबैभन्दा कम पर्यटक भित्रर्याउने देशको १४औं स्थानमा पर्दछौँ ।
नेपालले पनि दीर्घकालिन योजना बनाइ वार्षिक १ करोड पर्यटक भित्र्याउने संकल्प लिन जरुरी छ । यसको लागि विश्व ध्यान दिवस, बुद्ध जन्मस्थली लुम्बिनी र विश्वको उच्च शिखर सगरमाथाले धेरै महत्वपूर्ण भूमिका खेल्न सक्दछ । तर, नेपालले विश्व ध्यान दिवशलाई संयुतmराष्ट संघमा प्रस्ताव हाल्ने कुरामा खासै चासो नराखेको कारण ठुलो अवसर गुमाएका छाँै ।
तर, हामीलाई खासै चासो नभएको मिति डिसेम्वर २१ मा विश्व ध्यान दिवश मनाउने धोेषणा भइसकेको सन्दर्भमा अब हामीले यसको पनि भरपुर्ण फाईदा उठाउन सकिने नीति नियम वनाउन आवश्यक छ । यसको लागी सरकारले सबै शिक्षण संस्था तथा तालिम केन्द्रहरुमा योग र ध्यानलाईइ पाठ्यक्रममा नै समावेश गर्न सकिन्छ । हरेक वडाहरु र स्वास्थ्य केन्द्र अस्पतालहरुमा सार्वजनिक व्यायमशाला संगै ध्यान केन्द्र भवन वनाउन आवश्यक छ ।
अहिलेसम्म ज्यालादारी मजदुरहरुलाई मात्र बैदेशिक रोजगारमा पठाइरहेका छौं भने अब देशमै रहेका युवा, ध्यानी, साधकहरुलाई प्रशिक्षण दिएर योग, साधना प्रशिक्षकको रुपमा पनि विदेशमा पठाउन सक्छौँ । हाल भारतका योग गुरुहरुले विश्वव्यापीरुपमा काम पाईरहेका छन । यस दिशामा ढिलै भएपनि नेपाल सरकारले २०८१ ८२ को प्रस्ताविक नीति तथा कार्यक्रममा ध्यान, साधनालाई प्राथमिकताको साथ राखिएको छ ।
ध्यान दिवशको महत्व र उत्पतिध्यान दिवशको महत्व र उत्पति
हिमालको काखमा रहेको नेपाल परापूर्वककालदेखि नै विश्वभरीका ध्यानी योगी तपस्वी साधकहरुका लागि रोजाईको स्थल हो । योग र ध्यानको उत्पति हिमाली क्षेत्रमा भएको हो । यसलाई सर्वप्रथम वैज्ञानिकरुप दिने व्यक्ति भगवान शिव हुन भनेर शिव पुराणमा उल्लेख छ । शिव हिमाली भेगमा बस्नुहुन्थ्यो । उहाँको पहिलो चेला भनेर सप्त ऋषिहरूलाई मानिन्छ । योगलाई व्यवस्थित गरी वैज्ञानिक रुप दिने ऋषिहरू पनि हिमाली क्षेत्र कै कस्मीरमा जन्मेका पतञ्जली हुनुहुन्थ्यो । यसरी सधैँ जैविक विविधताले भरिपूर्ण रहेको नेपालमा साधना गर्नेहरुले नै विश्व भाईचार, वन्धुत्व शान्ती र विश्वहितकारी उपनिषद् दर्शनको उत्पति गरेका थिए । यसैगरी २५६३ मा बुद्धको जन्म भएपछि त नेपाल संसारकै ध्यान, ज्ञान योगको लागि प्रसिद्ध बन्दै गएको छ ।
ध्यान केहो यसले के के फाईदा पुग्न सक्छ
ध्यान भनेको के हो ? वास्तवमा यो प्राय धेरैको मनमा उब्जने प्रश्न हो । धेरैले ध्यानलाई आँखा चिम्लिएर बस्ने प्रकृयालाई मात्र सम्झिएका हुन्छन् । तर यसको बारेमा २१औं शताब्दीका महान अध्यात्मिक दार्शनिक रजनिस ओशोले ध्यान कुनै गम्भीर अप्ठ्यारो काम नभएर हामीले आमाको गर्भदेखि नै गर्दै आएको काम हो तर हामी जति ठूलो हुँदै जान्छौँ त्यति ध्यान हराउँदै र बिर्सदै मात्र गएका हुन्छौँ ।
त्यसलाई फेरि पुनस्मरण गराउने कृया नै ध्यान हो । ओशोका अनुसार हामी सबैभन्दा ठुलो ध्यानी आमाको गर्भमा रहँदा हुन्छाँै । त्यस अवस्थामा खान पिउन दिशा पिशाव केहि गर्न पर्दैन । कसैसँग हाँस्न र बोल्न पनि पर्दैन । एक्लो बाचेका हुन्छौं, त्यो अवस्थामा हामी ज्यादै अध्यात्मिक र स्वर्गिक आनन्दमा रहेका हुन्छौ । तर जसो जसो हामी बाहिर निस्कन्छौँ त्यो ध्यान, आनन्द भंग भएर रोएका हुन्छौ । त्यसपछि पनि बाल्यकालमा गरेको हरेक काम ध्यानपूर्वक हुन्छन् ।
खेल्यो भने अरु कसैको पर्वाह नगरी खेलप्रति मात्र ध्यान दिएर खेलिरहन्छन् । खाना खादा पनि ध्यान दिए खान्छन । जे काम पनि एकोहोरो भएर गर्दछ । एकै क्षणमा रुन्छन्, एकै क्षणमा हाँस्छन । बालबालिकालाई हिजो र भोलिको चिन्ता कहिल्यै हुँदैन, त्यसैले सधै खुसी रहन्छ । एक अर्थमा भन्दा बालबालिका सधै वर्तमानमा बाँचेका हुन्छन् । हो, वर्तमानमा बाँच्नु नै ध्यान हो भन्नु हुन्छ सन्त कविरदास । उहाँको कथन नै छ हसिवा खेलिवा करीवा ध्यानम् अर्थात हाँस्दै खेल्दै गरिने कामलाई नै ध्यान भनिन्छ ।
ध्यानको महत्व र फाईदा
आज विश्वमा शान्ती र ध्यानको जति आवश्यकता छ त्यति कहिल्यै भएको थिएन । आज संसारमा वैज्ञानिक आविष्कार र भौतिक सुविधाहरुले मानिसहरु जति सम्पन्न हुँदैछन् त्यति नै अशान्ती र आनन्दभाव गुमाउँदै गएका छन् । आफुले विकास गरेको विज्ञानले आज विध्वसं गर्ने दिशातर्फ लम्किरहेको छ । आज मानिसलाई भौतिक सुविधाले सुखि बनाउनुको सट्टा झन् तनाव, विषाद, अनिदोपन, डिप्रेसन र युद्ध झैँझगडाको किनारमा पुर्याएको छ ।
आज शारीरिक भन्दा पनि मानसिक रोग जटिल बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनको एक अध्ययन अनुसार संसारमा प्रत्येक ४० सेकेण्ड एक जनाले आत्माहत्या गर्दछन् ।
त्यसैले आज बुद्धको सन्देश र ध्यानका मार्गहरु झन् धेरै सान्दर्भिक भएका छन् । ध्यानले कुनैपनि विषयवस्तुमा केन्द्रीत हुने क्षमता प्रदान गर्दछ । तनाव चिन्तालाई कम गर्छ । मनमा स्पष्ट सोच्ने, मनन गर्ने पृष्टभुमी तयार गर्छ र भावनात्मक बेचैनीलाई नियन्त्रण गर्दछ । उच्च रक्तचाप,मधुमेह,कोलस्टेरोल लाई कम गर्छ ।
कुलत तथा आफँैलाई हानी गर्ने व्यवहारबाट मुक्त गरी जीवनमा श्रृजनात्मकता प्रदान गरी सधैँ प्रफुल्लरहने, व्यवसायिक दक्षता अभिवृद्धि गर्ने कार्यक्षमता बढाउने गर्दछ । जीवनमा आनन्द, प्रेम शान्तीको प्रादुर्भाव गराउँछ । आफूले आफँैलाई बुझ्ने क्षमता बढाउँछ र जीवन जगतसँग वसुदेव कुटुम्बकमको सम्वन्धलाई बढाउदै मानिसलाई आध्यात्मको एक उच्चतम शिखरमा पुर्याउन ध्यानले मदत गर्दछ ।
लेखक ओशो सन्यासी तथा नेपाल सरकारको तर्फबाट चीनको विशेष प्रशासनिक क्षेत्र मकाउको पर्यटन प्रवद्धक हुनुहुन्छ ।