त्यो म नै हो शायद त्यो म होइन दोधारमा छु ।
त्यो रुप यौवन रहर अव भित्तामा मात्र सीमित रहेछन्
लाग्छ सफा रुप तस्विर बनी सजिएको रहेछ
खोई कुन बेला हो यो जवानी खस्केछ
पत्तै भएन
रहरै रहरमा भरिएको अनुहार
कुन बेला च्यातिएछ त्यो पनि थाहा नै भएन ।
दौड्दा दौड्दै गन्तव्य छुने रहरमा
कहिले आफ्ना लागि त
कहिले अरुका लागि
बांँच्न बचाउने दौडमा
जवानी लुटिएको पत्तो नै भएन
करोडाँै मान्छेहरुको प्रिय मान्छे मै पनि थिएँ
सबैको तारिफ र वाहवाह पाएको थिएँ यो रंगमञ्चमा
मैले मेरो रुप र रङसँग रत्यौली खेलेकै थिएँ ।
शायद मेरो रङ हराएको छ आज म मेरै रुपसँग हारेको छु
म स्वयम आफैलाई प्रश्न गर्छु
म मसँगै हारेको हो त ?
शायद
मेलै, तिमीहरुले हजारौँ जितको जति उत्सव मनाए पनि
साँच्चँै उमेरको हिसाव किताव र जवानीको खेलमा सबै हारेका छौ ।
म पनि हारेँ
तिमी पनि हार्नेछौ ।
-रेजिना पाण्डे