Logo
Logo

एकीकृत समाजवादीका नेताहरुको कार्यविभाजन, कसलाई के जिम्मेवारी ? (पूर्णपाठ)


945
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजन गरेको छ । मंसिर २६ देखि २ पुससम्म बसेको पार्टीको स्थायी कमिटीको बैठकले नेताहरुको कार्यविभाजन टुंग्याएको हो ।

अध्यक्ष माधवकुमार नेपालले नेताहरुलाई तोकिएको कार्यविभाजन जारी गरेका छन् । अध्यक्ष नेपालले हस्ताक्षर गरेर नेताहरूलाई पठाएको कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाइएको छ ।

‘प्रदेशस्तरमा किसान, मजदुर, महिला, युवा, विद्यार्थी, पेसागत बुद्धिजीवी र उद्योग व्यवसायी फाँटको कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी दिइएको छ’ अध्यक्ष नेपालले कार्यविभाजनसँगै निर्देशन दिएका छन् ।

त्यस्तै, प्रदेश इञ्चार्जको संयोजनमा प्रदेशअन्तर्गत जिम्मेवारीमा रहेका पोलिटब्युरो सदस्यहरूको परामर्शबाट केही फाँटहरूको इञ्चार्जको जिम्मेवारी विभाजन गर्न पनि नेपालले भनेका छन् । प्रदेशका कतिपय फाँटहरूमा केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी तोकेको सो पार्टीले जिम्मेवारी तोकिएका जनसङ्गठनका अध्यक्षहरूलाई सम्बन्धित जनसङ्गठनको जिम्मेवारी यथाशीघ्र छोड्नु भनिएको छ ।

केन्द्रीय कमिटी सदस्यहरूलाई तोकिएको निर्वाचन क्षेत्रको जिम्मेवारी हेरफेर गर्नुपर्ने भएमा इञ्चार्जले सम्बन्धित नेतासँग छलफल गरी निर्णय गर्न सक्ने अधिकार दिएको छ । तर त्यसको जानकारी तुरुन्तै केन्द्रीय कार्यालयमा गराउनु पर्नेछ ।

एउटा मात्र संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा एकभन्दा बढी सहइञ्चार्ज भएमा जिल्ला इञ्चार्जको संयोजनमा प्रदेश निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकेर काम गर्न सक्ने तथा कामको आवश्यकताले गर्दा केही स्थानहरूमा केन्द्रीय आयोगका सदस्यहरूलाई पनि जिम्मेवारी दिइएको पार्टीले जनाएको छ । बैठकले तय गरेको अन्तरपार्टी निर्देशिका यथाशीघ्र जारी गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्