काठमाडाैं । सिटिजन्स बैंक र एस एम डेन्टल एण्ड स्किन केयर प्रालिबीच बैंकका ग्राहकलाई छुट दिने समझदारी हस्ताक्षर भएको छ ।
यो सँगै बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले स्किन केयरमा २५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । यस समझदारी सँगै बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।