Logo
Logo

श्रीलङ्कामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, २० घाइते


189
Shares

एजेन्सी । श्रीलङ्काको मध्य प्रान्तको ह्याटन–क्यान्डी मुख्य सडकमा रहेको मल्लवामा शनिबार एउटा यात्रुबाहक बस खाल्डोमा खस्दा ३ जनाको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएको प्रहरीले जनाएको छ ।

घटनाको समयमा बसमा २५ यात्रु सवार थिए र सबै यात्रु घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

घाइते तीन जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ भने बाँकी यात्रुको क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

मोटर सवारी दुर्घटनाहरू श्रीलङ्कामा बारम्बार हुने घटनाहरू हुन् । आधिकारिक तथ्याङ्क अनुसार यस वर्ष जनवरी १ र अक्टोबर २५ बीच सडक दुर्घटनाहरूमा लगभग दुई हजार मानिसहरूको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्