Logo
Logo

१५औं महाधिवेशनपछि युग सुहाउँदो कांग्रेस बनाउँछु : शेखर कोइराला  


1.9k
Shares

घनगढी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन् ।

उनले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दे भने, ‘अबको कांग्रेस बलियो र गतिशील कांग्रेस हुनुपर्छ ।’ नेता कोइरालाले पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनु पर्ने र त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको जनाए । 

उनले भने, ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ भित्रै हुनुपर्छ । पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्छ । यसका किन्तु परन्तु भन्न पाइदैन । महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन्छ । नयाँ कार्यदिशा तय गर्छ, यस कारण महाधिवेशन बेलैमा हुनुपर्छ ।’

त्यस्तै, उनले नेपाली कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुदृढीकरण गर्नको लागि पनि महाधिवेशनको आवश्यक रहेको बताए । पार्टीमा एकता नभएको भन्दै उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानु अहिलेको आवश्यकता रहेकाले त्यसको लागि प्रजातन्त्र सेनानी सहित जिल्लाका सबै साथीहरूले पहल गर्नु पर्ने बताए । 

अहिले नेपाली काँग्रेसभित्रको एकता, सौहार्द्यता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको उनले बताए । बिस्तारै नेपाली कांग्रेस कम्युनिस्ट पार्टी जस्तो बन्दै गइरहेकोले आफू चिन्तित रहेको उनले बताए । 

कोइरालाले आफूले अब पार्टीभित्र कसैलाई अन्याय हुन नदिने भन्दै कार्यकर्तालाई आश्वस्त हुन भनेका थिए । ‘अब पार्टीभित्र न्याय हुन्छ । त्यसको जिम्मा मैले लिन्छु’, उनले भने । उनले नेपालमा प्रजातन्त्र तथा लोकतन्त्रको स्थापनका लागि प्रजातान्त्रिक सोननीको भूमिका महत्त्वपूर्ण रहेकाले पार्टीले त्यागको आधारमा सम्मान गर्नु पर्ने बताए । 

उनले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारका क्रियाकलापले आफू निराशा भएको बताए । छिटो छिटो सरकार परिवर्तन हुने कार्यलाई रोकेर देशमा स्थिरता कायम गर्न दुई ठुला दलको सरकार बनाएको भए पनि सो अनुसार परिणाम दिन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्