Logo
Logo

उपनिर्वाचनमा अधिकांश स्थानमा सुधार भएको राप्रपाको निष्कर्ष


1.3k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंसिर १६ गते भएको उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि अधिकांश स्थानमा सुधार भएको निष्कर्ष निकालेको छ ।

शनिबार पार्टी केन्द्नीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निष्कर्ष निकालेको प्रवक्ता मोहन श्रैष्ठले जानकारी दिए । बैठकले राप्रपाको केन्द्रीय कार्य समिति बैठक माघ ११ र १२ गते काठमाडौंमा बस्ने निर्णय गरेको छ ।

त्यस्तै, पुस २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हरेक वर्ष जस्तै उत्सवको रुपमा मनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्