Logo
Logo

उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात हुने


189
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ । जसका कारण देशभरका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार बिहान कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ ।

आज दिउँसो कोशी, बाग्मती, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराई क्षेत्रमा मुख्यतया सफा रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। हिमाली क्षेत्रमा आंशिक बदली रही राति हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र तराईमा कुहिरोको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्