Logo
Logo

चिकित्सक ‘बलात्कार र हत्या’ प्रकरणका आरोपीले भने- मलाई फसाइएको छ


693
Shares

कलकत्ता । ३१ वर्षीया एक चिकित्सकको बलात्कारपछि हत्या गरेको अभियोगमा मुद्दा खेपिरहेका एक भारतीय नागरिकले आफू निर्दोष रहेको बयान अदालतसमक्ष दिएका छन् । गत अगष्ट ९ मा भारतको पूर्वी शहर कलकत्ताको एक सरकारी अस्पतालमा डाक्टरको रगताम्य शव फेला परेपछि महिला हिंसाको दीर्घकालीन मुद्दालाई लिएर देशव्यापी आक्रोश उत्पन्न भएको थियो ।

आरोपित पक्षका वकिल सौरभ बन्दोपाध्यायका अनुसार ३३ वर्षीय सञ्जय रोयले शुक्रबार कोलकाताको एक बन्द अदालतमा न्यायाधीशसमक्ष आफू निर्दोष रहेको भन्दै आफूमाथि लगाइएका आरोपको खण्डन गरेका छन् ।

‘म दोषी छैन, मलाई फसाइएको छ’ वकील बन्दोपाध्यायले विपक्षी रोयले अदालतमा न्यायाधीसमक्ष भनेका शब्दलाई उद्धृत गर्दै भने । अस्पतालका नागरिक स्वयंसेविका रहेका रोयलाई हत्याको एक दिनपछि पक्राउ गरिएको थियो र त्यसपछि उनलाई हिरासतमा राखिएको थियो । दोषी ठहरिएमा उनलाई मृत्युदण्डको सजाय हुन सक्छ ।

अदालतले नोभेम्बर ११ मा करिब ५० जना प्रत्यक्षदर्शीको बयान सुनेर सुनुवाइ सुरु गरेको थियो । तर, शुक्रबार रोयले आफू निर्दोष सावित गर्ने उक्त अडान राखेका हुन् ।

‘न्यायाधीश अनिर्बान दासले ६ घण्टा लामो क्यामेराअगाडिको बयानमा उनलाई १०० भन्दा बढी प्रश्न सोधेका थिए’ बन्दोपाध्यायले भने । रोयले यसअघि गत नोभेम्बरमा सुनुवाईअघि अदालत बाहिर जेलको भ्यानबाट चिच्याउँदै आफू निर्दोष भएको सार्वजनिक गरेका थिए । कलबत्ताका चिकित्सकहरूले यस नृशंस आक्रमणको विरोधमा हप्तौँसम्म हडताल गरेका थिए ।

दशौँ हजार साधारण भारतीयहरू प्रदर्शनमा सामेल भएका थिए । विरोधले जसले महिला चिकित्सकहरूलाई निर्धक्क भएर काम गर्ने उपायहरूको अभावमा आक्रोश केन्द्रित गरेको थियो । भारतको सर्वोच्च अदालतले राष्ट्रिय कार्यदललाई स्वास्थ्यकर्मीको सुरक्षा कसरी बलियो बनाउने भन्ने विषयमा अध्ययन गर्न आदेश दिएको छ ।

सन् २०१२ मा दिल्लीको बसमा एक युवतीको सामूहिक बलात्कार र हत्याको घटनासँग यस आक्रमणको विभत्स प्रकृतिको तुलना गरिएको थियो । सुनुवाई जारी छ । मुद्दाको आगामी सुनवाई सन् २०२५ जनवरी २ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्