Logo
Logo

निजी सवारी चलाउन पाइने, तर अर्काे जिल्ला जान नपाइने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २७ जेठ ।
सरकारले निजी सवारी साधन चलाउन दिने निर्णय गरेको छ । तर, उपत्यकाका तीन जिल्ला बाहेक अन्यत्र एक जिल्लाबाट अर्काे जिल्ला जान नपाइने प्रावधान लागू गरिएको छ । जोर बिजोरका आधारमा निजी सवारी साधन चलाउन दिने निर्णय भएको हो ।

मोटरसाइकलमा चालक मात्र बस्न पाउने र कारमा चालकबाहेक थप दुई जना मात्र बस्न पाउनेछन् । सञ्चार तथा अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउन खुकुलो बनाएको सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्