काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ६० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।