Logo
Logo

लिक्विड लाउन्जमा युवक कुट्ने तरुण दलका नेतासहित ८ जना पक्राउ


567
Shares

काठमाडौं । प्रहरीले काँग्रेस सम्वद्ध नेपाल तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङसहित ८ जनालाई पक्राउ गरेको छ ।
दरबारमार्गस्थित एक रेष्टुरेण्टमा शनिबार भएको झडपमा संलग्न रहेको आरोपमा प्रहरीले तामाङसहित ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा तरुण दल काभ्रेका अध्यक्ष सुजन तामाङ, तरुण दल काभ्रेका जिल्ला सदस्य युवराज लामा, तरुण दल सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष दावा तामाङ, काभ्रे तेमाल–५ का शक्ति लामा, नेविसंघबाट निर्वाचित पब्लिक युथ क्याम्पसका स्ववियु उपसभापति मिलन लामा, भुम्लु गाउँपालिका कार्यपालिका सदस्य सुलभ पहरी र मोरङ उर्लाबारी–७ का डम्बरबहादुर कार्की छन् ।

उनीहरुले दरबारमार्गस्थित लिक्विड लाउन्जमा बैतडीका ३६ वर्षीय रमेश भट्टमाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका भट्टको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । पक्राउ परेका कुलध्वज यसअघि ज्यान मुद्दा र चोरी मुद्दा खेपिसकेका व्यक्ति हुन्।

प्रतिक्रिया दिनुहोस्