काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले आज लामिछानेसहित ३१ जना विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको हो ।
प्रमुख कमला काफ्लेले लामिछानेसहित ३१ जनाविरुद्ध तीनवटा कसुरमा सजाय माग गर्दै अभियोग पत्र दायर गरिएको जानकारी दिए । लिला पछाई र विश्वविक्रम राईलाई भने क्रिप्टोको कारोबारको आरोपमा पनि मुद्दा चलाइएको छ ।
यी हुन् आज मुद्दा दायर भएका ३१ अभियुक्त–
प्रहरीको प्रतिवेदनअनुसार सरकारी वकिलको कार्यालयले रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, दिपेश कुमार पुन, नेत्रपाणी बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, लिला पछाई, विश्वविक्रम राई, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तबाबु राई र ओमप्रकाश गुरुङलाई प्रतिवादी बनाएको छ ।
यस्तै बिरबहादुर रानाभाट, दिपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ, ज्ञानबहादुर बम्जन, मिना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लिलाबहादुर गुरुङ, पेशल कुमार राई, कृष्णबहादुर गुरुङ, देवकुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मीप्रसाद पौडेलविरुद्ध पनि अभियोग पत्र दायर भएको छ । उनीहरुविरुद्ध व्यक्तिगत र सामुहिक गरी एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगा कायम गरिएको छ ।