Logo
Logo

‘विप्लव र जनमतको मुद्दा फिर्ता लिइसकिएको छ’


1.4k
Shares

काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र सिके राउतको जनमत पार्टी शान्तिपूर्ण राजनीतिमा आएपछि केही मुद्दा फिर्ता भइसकेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको आइतबार बसेको बैठकमा सचिव सापकोटाले भने, ‘ विप्लवको पार्टी र जनमतको फिर्ता लिन मिल्ने मुद्दा फिर्ता भइसकेको छ ।’

सरकारले केही नेपाल ऐन संसोधन विधेयकको दफा ६४ मा सशस्त्र द्वन्द्व वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए जुनसुकै अदालतको जुनसुकै तहमा रहेको मुद्दा फिर्ता लिन सक्ने उल्लेख छ ।

उक्त प्रस्ताव सिके राउत र विप्लवसंग तत्कालीन सरकारले सहमति गरेकै आधारमा ल्याइएको कानून सचिव सापकोटाले बताए । छुट्टै ऐन ल्याउने कि केही नेपाल ऐनमार्फत ल्याउने भन्ने त्यसबेला पनि चलेको र केही नेपाल ऐनमार्फत ल्याइएको उनले बताए ।

अन्य मुद्दाका सम्बन्धमा गृहकार्य आवश्यक रहेको र त्यसमध्ये कतिपयको अदालतबाटै टुंगो लागिसकेको उनको भनाइ थियो । यो पृष्ठभूमिमा सरकारले केही नेपाल ऐनको दफा ६४ फिर्ता लिन तयार भएको भन्दै उनले आवश्यक परे छुट्टै ऐन ल्याउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्