काठमाडौं । नेपाल एयरलाइन्सको जहाजमा अचेत अवस्थामा भेटिएका एक यात्रुको निधन भएको छ ।
गएराति हङकङबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको आरए ४१० जहाजमा सवार यात्रु ताप्लेजुङका देउमान लिम्बु अचेत अवस्थामा भेटिएका थिए ।
उनको उपचारका क्रममा केएमसी अस्पतालमा क्रममा निधन भएको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।