Logo
Logo

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वउपराष्ट्रपति पुत्र दीपेशविरुद्ध मुद्दा दायर


3.1k
Shares

काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपशे पुनलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादी कायम गरिएको छ ।

यस प्रकरणमा ४४ जनालाई प्रतिवादी कायम गरिएको छ । पुनलाई फरार प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको हो ।

प्रहरीका अनुसार स्वपाका सभापति रवि लामिछाने पत्नी निकिता पौडेल, पद्मा बन्जाडे जोशी, रोचक जोशी, राधा पछाई र गीता पछाईलाई सम्पत्ति जफत प्रयोजनको लागी प्रतिवादी कायम गरिएको छ ।

पुनमाथि सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्