काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
यो सँगै बैंकले लगानीकर्ताहरूले आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत लाभांश पाउने भएका छन् । बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको ४९०औँ बैठकले ७ प्रतिशतले हुन आउने २४ करोड ६२ लाख ६९ हजार ३ सय ८९ रुपैयाँ बराबर लाभांश घोषणा गरेको हो ।
बैंकले चुक्ता पुँजीको ४ प्रतिशतका दरले हुन आउने १४ करोड ७ लाख २५ हजार ३ सय ६५ रुपैयाँ बराबर नगद लाभांश र ३ प्रतिशतका दरले हुन आउने १० करोड ५५ लाख ४४ हजार २४ रुपैयाँ बराबर बोनस सेयर दिने निर्णय गरेको छ ।
बैंकले चुक्ता पूँजी ३ अर्ब ५१ करोड ८१ लाख ३४ हजार १ सय ३७ रुपैयाँको आधारमा लाभांश घोषणा गरेको हो । नगद लाभांशमा नगद लाभांश र बोनस सेयरमा लाग्ने कर संलग्न छ । उक्त लाभांश रकम नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयर धनीहरूले प्राप्त गर्नेछन् ।