Logo
Logo
सहकारी ठगी प्रकरण

रविको बयान- जीबीले मलाई झुक्याए चेकमा हस्ताक्षर गर्न लगाए


5.6k
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईको निर्देशनमा अनगिन्ती चेकहरू मार्फत भुक्तानी भएको बताएका छन् ।

रविले गोरखा मिडिया नेटवर्कको खाताबाट चेक काटेर सहकारीको ऋण तिरेको विषयमा आफ्नो संलग्नता अस्वीकार गर्दै भनेका छन्, ‘गोर्खा मिडियाले भुक्तानीका लागी चेक दिने निश्चित प्रणाली थियो, जसमा कार्यकारी अध्यक्ष जीबी राईको पूर्ण नियन्त्रण र उहाँले सञ्चालन गरेको जिबी ग्रुप अफ कम्पनीजले यसको पुरै निगरानी गरी कारोबार गर्ने गरेको थियो ।’

रविले बयानमा भनेका छन्, ‘मलाई लाग्छ प्रस्तुत चेकहरू या त मैले माथि उल्लेख गरे जस्तै मैले विश्वासमा हस्ताक्षर गरेर छोडेको खाली चेकहरूको दुरुपयोग हो । या त लगानीकर्ता गितेन्द्रबाबु राईको निर्देशन बमोजिम मेरो जानकारीबिना मलाई समेत झुक्यानमा पारी वा पहिला मलाई चेकमा दस्तखत गराईपछि सहकारीको नाउँ लेखेर भुक्तानी गराई मलाई समेत गुमराहमा राख्ने कार्य गरेको चेकहरू हुन सक्छन् ।’

आफू ग्यालेक्सी फोके टेलिभिजनमा रहँदा सुर्यदर्शन लगायत कुनै पनि सहकारीहरूबाट ऋण लिने निर्णय भएको रविले जिकिर गरेका छन् । सञ्चालकले औपचारिक र अनौपचारिक रूपमा पनि त्यसबारे आफूलाई जानकारी नदिएको लामिछानेले बताएका छन् ।

त्यस्तै, उनले गोर्खा मिडियाबाट प्रयोग भएका चेकहरू दुरुपयोग भएको दाबी गरेका छन् । जीबी राईले आफूलाई समेत झुक्याएर गुमराहमा राख्ने काम भएको हुनसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्