काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ ।
सांसद लामिछानेको पद निलम्बन गर्नका लागि सभामुखलाई पठाइएको पत्र संसद सचिवालयमा स्रोतले बतायो । लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार अभियोगपत्र दर्ता भएकाले सांसद पद निलम्बनका लागि कास्की प्रहरीले सभामुखलाई पत्र लेखेको हो ।
अदालतमा अभियोगपत्र दायर भएपछि प्रहरीले त्यसको जानकारी सभामुखलाई दिनुपर्ने हुन्छ ।