Logo
Logo

रवि लामिछानेको मुद्दा न्यायाधीश राईको इजलासमा


2.1k
Shares

काठमाडौं । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्की लगिएको छ । बयानका लागि लामिछानेलाई केहीबेरअघि अदालत लगिएको हो ।

लामिछानेसहित पाँच प्रतिवादी छविलाल जोशी, कृष्णप्रसाद गुरुङ, रामबहादुर खनाल र लिला पछाईंको आजदेखि जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा अदालती बयान हुनेछ ।

जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लामिछानेसहितको बयान सकिएपछि मात्र थुनछेक बहस र आदेश हुने बताए ।

यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्