काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज स्वदेश फिर्ता हुने भएकी छिन् । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर उनी आज साँझ स्वदेश फर्कन लागेकी हुन ।
उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारत गएकी थिइन् । युरोप भ्रमणमा रहेकी उनी जर्मनीबाटै त्यहाँ पुगेकी हुन् । उनले शनिबार र आइतबार स्वास्थ्य परीक्षण गराएको सचिवालयले जानकारी दिएको छ ।
स्वास्थ्य परीक्षणका लागि गएका कारण यस पटक कुनै औपचारिक भेटघाटको कार्यक्रम नरहेको उनको सचिवालयले जनाएको छ ।