Logo
Logo

सुनचाँदीकै मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


693
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको सुन आज प्रतितोला दुई सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।

प्रतिक्रिया दिनुहोस्