Logo
Logo

बेलायत र भारतसहित ५ देशका राजदूतले लिए शपथ


252
Shares

काठमाडौं । विभिन्न देशका लागि नवनियुक्त पाँच राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (सोमबार) शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ खुवाएका हुन् ।

शपथ लिनेहररुमा रुसी महासंघका ललागि जङ्गबहादुर चौहान, संयुक्त अधिराज्य (बेलायत)की चन्द्रकुमारी घिमिरे, स्पेनका शनिल नेपाल, दक्षिण कोरियाका डा. शिवमाया तुम्बाहाङ्फे र भारतका लागि नियुक्त भएका डा. शंकरप्रसाद शर्मा रहेका छन् ।

कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्