काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले ख्रिस्टमसको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।
गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको महान् पर्व ख्रिस्टमसको अवसरमा यहि पुस ९ र १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
इसाई धर्मावलबीहरूको उल्लेख्य बसोबास रहेकाले गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रजकुमार मल्लले जानकारी दिए ।
उक्त अवधिमा गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्थाहरू बन्द रहने सूचनामा उल्लेख छ ।