Logo
Logo

भारतमा लकडाउन खुकुलो बनाएसँगै संक्रमित बढे, २ लाख ९७ हजार ५३५ संक्रमित, साढे ८ हजारको मृत्यु


नयाँदिल्ली/एजेन्सी

0
Shares

नयाँदिल्ली, ३० जेठ (एजेन्सी) । पछिल्लो समय केही साता यता भारतमा कोरोनाभाइरसको संक्रमित तिव्ररुपमा बढिरहेका छन् । लकडाउन खुकुलो बनाएसँगै भारतमा संक्रमितहरुको संख्या पनि बढ्दै गएको हो । केही सातायता भारतमा सार्वजनिक रेल सञ्चालनमा ल्याएको थियो । त्यसयता मात्र एक लाख भन्दा बढी संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र करिब ११ हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९५६ जना संक्रमित भएको पुष्टि भएको हो ।
योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ९७ हजार ५३५ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ३९६ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार ४९८ पुगेको छ ।
भारतमा अहिले पनि १ लाख ४१ हजार ८४२ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमण मुक्त भएकाहरुको संख्या १ लाख ४७ हजार १९५ रहेको मन्त्रालयले जनाएको छ ।कोरानाभाइरसको संक्रमण भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिदै आएको छ । महाराष्ट्रमा मात्रै शुक्रबारसम्म ९७ हजार ६४८ जना संक्रमित भएका छन् । दोस्रो स्थानमा तमिलनाडु प्रदेश रहेको छ । यहाँ ३८ हजार ७१६ जना संक्रमित रहेका छन् । यसैगरी दिल्ली राज्यमा ३४ हजार ६८७ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्