काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ का अध्यक्ष पक्राउ परेका छन् ।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको निक्षेप अपचलन गरेको आरोपमा वडा अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका हुन् । महर्जनलाई बबरमहलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ५६ वर्षीय महर्जन हरियाली सहकारीको कोषाध्यक्ष हुन् । अदालतबाट पक्राउ पुर्जी आएपछि उनी फरार थिए ।