Logo
Logo

मन्त्रिपरिषद् बैठकमै कड्किए ओली


23.9k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकमा कड्किदै भने– ‘प्रत्येक मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरिएको छ, अब मलाई देखिनेगरी परिणाम चाहिन्छ ।’ तीन दिनअघि ओलीले भनेका थिए–‘म काम गर्न आएको हुँ ।’ मन्त्रिपरिषदको बैठकमा मन्त्रीलाई परिणाम देखिने गरी काम चाहिन्छ भनेपछि एमाले मन्त्रीहरूले लाजले टाउको निहु¥याएका थिए । काम नगर्ने मन्त्रीहरूमा सबैभन्दा बढी एमालेकै त्यो पनि ओलीको गोजीबाट मन्त्री बनाइएकाहरू छन् ।

मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले केही मन्त्री र मन्त्रालयको कामप्रति असन्तुष्टि जनाएपछि एमालेका केही नेताहरुसँग मन्त्रिपरिषमा रहेका सदस्यको कामकारबाहीबारे असन्तुष्टि जनाएका थिए ।

प्रधानमन्त्रीको यो असन्तुष्टि पहिलो भने होइन । प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुअघि नै मन्त्रिमण्डल हेरफेरको तयारीमा थिए । तर, सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असहमति जनाएपछि रोकिएको थियो । अहिले फेरि मन्त्रिमण्डल हेरफेरको ‘मुड’मा रहेका प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयको रिपोर्टकार्ड बुझाउन आदेश दिएका छन् ।

प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडाका कारण विष्णु पौडेल आफै पनि चिढिएका छन् । पौडेलले प्रधानमन्त्री ओलीलाई खुसी पार्न नयाँ स्टक एक्सचेन्ज स्थापनाको प्रकृया अघि बढाइसकेका छन् । नयाँ स्टकको लाइसेन्समा ओलीको विशेष चासो छ । माओवादीसँग एमालेको गठबन्धन टुट्नुको एउटा कारण यो पनि हो । ओलीले नयाँ स्टकको लाइसेन्सका लागि धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिएका थिए । उनको दबाब थेग्न नसकेर प्रचण्डले तत्कालीन अर्थमन्त्री वर्षमान पुनलाई ‘चाँडो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया थाल्न’ निर्देशन दिएका थिए ।

नयाँ स्टकमा पाँच अर्ब कमिसनको खेल भएको कुरा स्वयं ओलीले बताएका थिए । नयाँ स्टकका लागि दिपक भट्ट, रामेश्वर थापा र दिपक तिमिल्सिना व्यवसायीहरू बोकेर हिँडेका छन् । त्यसमाथि रामेश्वर थापाले ओलीलाई प्रधानमन्त्री बनाउन अहं भूमिका खेलेका थिए ।

स्रोतका अनुसार आफ्नो कमजोरी ढाक्न प्रधानमन्त्री ओली मन्त्री फेर्ने हतारोमा छन् । उनको लिस्टमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्का रक्षामन्त्री मानवीर राई लगायतकाका आधा दर्जन बढी मन्त्री रहेका छन् ।

त्यसो त भूमि व्यवस्थामन्त्री अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलबीच पनि त्यति सौहार्दपूर्ण सम्बन्ध पाइँदैन । आगामी वैशाखमा घर जान लागेका सचिव पोखरेल मन्त्री अधिकारीले अह्राएको काम छल्न बिरामीको बहाना बनाएर मन्त्रालय जाँदैनन । पछिल्लो समय सचिव पोखरेल मन्त्रालयमा बिरलै भेटिन्छन् ।

मन्त्रीको ‘स्पिरिट’ अनुसार सचिवले काम गर्न छाडेको मन्त्रीनिकट अधिकारीहरूको दाबी छ । मन्त्री अधिकारीले आफ्ना कार्यकर्तालाई वेवास्था गरेको विषयमा पनि अहिले प्रधानमन्त्री ओलीसमक्ष पुगिसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र सचिव भरतमणि सुवेदीको सम्बन्ध पनि सुमधुर रहेको भएपनि स्थानीय तहका कार्यकारी सरुवाको विषयमा केही दिन असमझदारी उत्पन्न भएको थियो ।

परराष्ट्रमन्त्री आरजु राणा देउवा र सचिव सेवा लम्सालबीचको सम्बन्ध पनि त्यति सुमधुर हुन नसकेपछि सचिव लम्साललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाएर कायममुकाय सचिवको जिम्मेवारी अमृतबहादुर राईलाई दिइएको थियो ।

यी त केही उदाहरण मात्र भए, अधिकांश मन्त्रालयमा सचिव र मन्त्रीबीच ट्युनिङ नमिलेको देखिन्छ । भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र पर्यटनमन्त्री बद्री पाण्डे तथा कृषिमन्त्री रामनाथ अधिकारीसँग एमाले र कांग्रेस दुवै असन्तुष्ट रहेका छन् । उनीहरुलाई हटाउने चर्चामा भएपछि मन्त्रीलाई सचिवले टेर्न छाडेका छन् । गृहमन्त्री रमेश लेखकले पनि आउटपुट दिन नसकेको भन्दै कांग्रेसजनबाट आलोचना शुरु भएको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले एकाधबाहेक मन्त्रीहरूको कामबाट सन्तुष्ट नभएको जनाएका थिए । उनले नाम नलिई मन्त्रीहरूका बारेमा आफुलाई जानकारी रहेको बताउदै मन्त्रीहरूको कार्यसम्पादन शैली नभएको बताएका थिए । बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले जनताले महसुस गर्ने खालको काम हुन नसकेको बताएका थिए । सरकार बनेको ४ महिना बितिसक्दा पनि जनताले महसुस गर्ने खालको काम नभएपछि आफ्नो कमजोरी छोप्न मन्त्री हेरफेर गर्न खोजेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्