Logo
Logo

हुटिङको डरले कीर्तिपुर जान डराए ओली


2.1k
Shares

काडमाडौं । समय बलवान् हुन्छ भन्छन् । २०७४ सालमा दुई तिहाईको प्रधानमन्त्री हुँदा केपी शर्मा ओली ‘हाईहाई’ भएका थिए । ०७२ सालको नाकाबन्दीले उनलाई युवाहरुले राजनेताको शिखरमा पु¥यायो । चौथो पटक प्रधानमन्त्री हुँदा ओली तिनै युवाहरूको तारो बनेका छन् ।

हरेक दिन सामाजिक सञ्जालमा ओलीविरुद्ध तथानाम पोष्ट भइरहेको छ । साइबर अपराधमा दुर्गा प्रसाईलाई थुने पनि उनलेभन्दा बढी गाली अन्यले पोष्ट गर्ने गरेका छन् । यसको मतलव नेपालको राजनीतिमा ओलीको क्रेज घट्नु हो । त्यसमाथि सार्वजनिक समारोहहरूमा समेत ओलीको चर्को विरोध हुन थालेपछि ओली एमालेको बाहेक अन्य कार्यक्रममा हत्तपत्त जान आँट गर्दैनन् ।

एनपिएल क्रिकेटको समापन समारोह प्रधानमन्त्रीबाट हुनुपर्ने हो । विश्वभरी लाखौँ क्रिकेटप्रेमीहरूले प्रत्यक्ष प्रशारण हेरिरहेको एनपिएलको समापन समारोहमा प्रधानमन्त्री ओली देखिएनन् । क्रिकेट मैदानमा ‘हुटिङ’ गर्लान भन्ने डरले उनी झापा पुगे ।

यही क्रममा त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट रंगलाशामा प्रधानमन्त्री ओली अनुपस्थित हुनुको एउटा कारण यही भएको बताइएको छ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) फाइनल खेलमा प्रधानमन्त्री उपस्थित भएनन् र उनी इटहरीमा आयोजित एक कार्यक्रममा सहभागी भए ।

उनले इटहरीबाटै आफ्नो ध्यान क्रिकेट मैदानमा रहेको बताएका थिए । त्यहीबाट शुभकामना दिएका थिए । त्यस खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको थियो । विजयी टिमलाई प्रधानमन्त्री आफैँले हात मिलाएर बधाई दिनुपर्नेमा सामाजिक सञ्जालबाट बधाई दिए ।

फाइनल खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रुपमा एक करोड दश लाखको चेक जनकपुरका कप्तान तथा खेलाडी आशिफ शेख र अनिल शाहलाई प्रदान गरेका थिए ।

त्यस अगाडि झापास्थित व्यापारिक भवन दमक भ्यू टावरको उद्घाटन गर्न जाँदा ओलीमाथि कालो झण्डा देखाईयो । ओलीलाई गृहनगर दमकमा कालो झण्डा देखाउने ११ जना पहिचानवादीलाई त्यतिबेला प्रहरीले पक्राउ गरेको थियो । दमक नगरपालिका–३ मा डेढ अर्बभन्दा बढीको लागतमा बनेको भ्युटावर (बिजनेस कम्प्लेक्स) उद्घाटन गर्न जाँदा दमक चोकको आकाशे पुलनजिक पहिचानवादीहरूले ओलीलाई कालो झण्डा देखाउनुका साथै चर्को नाराबाजी गरेका थिए ।

गृहजिल्लामै ओलीलाई सुरक्षा चुनौती भएपछि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रधानमन्त्रीको सुरक्षाका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो ।

ओलीमाथि विभिन्न नाममा आलोचना हुने गरेको छ । कही गयो भने कुनै न कुनै समूहले उनलाई आलोचना गरेका हुन्छन् ।

गत भदौमा प्रधामन्त्री ओली र नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भयो । टँुडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा अथिति बनेर पुगेका ओली र देउवाविरुद्ध केही युवाहरूले नाराबाजी गरेका थिए । त्यसक्रममा कञ्चनपुरका दीपक सिंह ठगुन्ना, गोपिकृष्ण जैसी र अछामका रामबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्