Logo
Logo
सहकारी ठगी प्रकरण

छविलाल जोशीसँग तिन घण्टामा १५ वटा प्रश्न, रविको भोलि


5.1k
Shares

काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा छविलाल जोशीको बयान सुरु भएको छ ।

सोमबार जिल्ला न्यायाधीश नितिज राईको इजलासमा जोशीसँग बयान लिइएको हो । छविसँगको बयान निरन्तर रहेको र सोमबार नसकिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

सोमबार बहसको क्रममा न्यायाधीश राईले तिन घण्टामा १५ वटा प्रश्न सोधेका थिए । बाँकी भोलि फेरि निरन्तर हुने जनाएको छ । बयानका लागि छविसँगै रास्वपा सभापति रवि लामिछानेलाई अदालत लगिएको थियो ।

मङ्गलबार छविको बयानपछि रविको बयान लिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्