काठमाडौं । अभियन्ता निकोलस भुसालको म्याद थप गर्न अदालतले इन्कार गरेको छ ।
रास्वपा सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ भुसाललाई पक्राउ गरी सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएको स्रेस्तेदार राजन खनालले जानकारी दिए । अदालतले हिरासत बाहिरै राखेर उनीमाथि अनुसन्धान गर्न आदेश दिएसँगै भुसाललाई छाडिएको कास्की प्रहरीले जनाएको छ ।