काठमाडौं । नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रुपमा बन्द भएको छ । अहिले आन्तरिक उडान गरिरहेको एउटा मात्रै ट्वीनअटर जहाज पनि ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रुपमा ठप्प भएको हो ।
दुईवटा ट्वीनअटर जहाजबाट उडान गरिरहेकोमा एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड थियो । अर्को जहाज पनि आइतबारबाट ग्राउन्डेड भएपछि विभिन्न २० वटा दुर्गम गन्तव्यमा भइरहेकाे आन्तरिक उडान पूर्ण रुपमा बन्द हुन पुगेको छ ।
नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले दुबै जहाज ग्राउन्डेड भएपछि आन्तरिक उडान आइतबारबाटै बन्द भएको जानकारी दिए । इन्जिनको उडान आवर सकिन्छ भन्ने विषयमा पहिल्यै जानकारी भएर अर्डर गरे पनि नयाँ इन्जिन नआइपुगेको उनको भनाई छ ।