Logo
Logo

राजेशपायलले गाए ‘सोल्टिनी हजुर’को ‘सुम्निमा रानी…’, आजै अमेरिका उड्दै


11.3k
Shares

काठमाडौं । लोकप्रिय गायक राजेशपायल राई देश–विदेशको कार्यक्रमका बीच पनि रेकर्डिङ भ्याइरहेका हुन्छन् । ‘स्टेज किङ’का रुपमा समेत चिनिएका यी राजेशपायल अर्थात ‘राई इज किङ’ पछिल्लो झण्डै एक वर्षयता सांगीतिक वल्ड टुरमा छन् । यसैबीच आकल–झुकल नेपालमा हुँदा उनी रेकर्डिङमा व्यस्त हुने. गरेका छन् । यसैक्रममा राजेशपायलले मंगलबार एक नेपाली चलचित्रको गीत गाउन भ्याएका छन् ।

सांगीतिक भ्रमणका लागि अमेरिका उड्नुअघि मंगलबार राजेशपायलले नेपाली फिल्म ‘सोल्टिनी हजुर’को गीत रेकर्ड गर्न भ्याएका हुन् । पछिल्लो समयका चर्चित गायक तथा संगीतकार प्रशान्त सिवाकोटीको शब्द तथा संगीतमा राजेशपायलले ‘सुम्निमा रानी पारुहाङ राजा हो भाकेर’ बोलको गीत गाएका हुन् ।

अनामनगरस्थित सेवा स्टुडियोमा गीत रेकर्डिङ गरिसकेपछि राजेशपायलले भने, ‘गीत निक्कै राम्रो बनेको छ ।’ यो फिल्मलाई अरुण सुबेदीले निर्देशन गर्दैछन् । नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायलसँग काम गर्न पाउँदा फिल्म निर्माण टिम पनि खुसी छन् ।

राजेशपायलले गाएको ‘सुम्निमा रानी पारुहाङ राजा हो भाकेर’ गीतले फिल्म ‘सोल्टिनी हजुर’लाई चर्चा र सफलता दिने निर्माण टिमको विश्वास छ । यस गीतका लागि संगीत संयोजन गायक समेत रहेका देबेश राईले गरेका छन् । राजेशपायल आजै सांगीतिक कार्यक्रमका लागि अमेरिका उड्दैछन् । उनको यो टुर करिब एक महिनाको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्