काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
अखिल क्रान्तिकारीले पहिलो चरणमा ३२ वर्षे उमेर हद र दोस्रो चरणमा नेतृत्व चयनको लागि चुनाव हुनेगरी कार्यतालिका सार्वजनिक गरेको हो । उमेरहदका लागि पुस १३ गते र नेतृत्व चयनका लागि १७ गते निर्वाचन हुनेछ । उमेर हदबारे जिल्ला भूगोल र गैर भूगोग गरी ८६ मतदान केन्द्र रहनेछ । भने नेतृत्व चयनका लागि भूगोल र गैर भूगोलगरी ९ प्रदेशस्तरीय मतदान केन्द्र रहनेछ ।
असोज १०-१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रुप लिएपछि स्थगित भएको थियो । तर, अब निर्वाचन प्रक्रियाबाटै छिनोफानो गर्न लागेको हो ।
अहिले नेतृत्वका लागि दीपेश पुन, मदन भुल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, जीपी मैनालीलगायतको दाबी छ ।