Logo
Logo

आज संविधान संशोधन विधेयक पारित गरिँदै


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३१ जेठ । संविधान संशोधन विधेयक संसदबाट आज पारित गरिँदैछ । तर, समाजवादी पार्टीकी सांसद सरिता गिरीको प्रस्तावलाई भने छलफलमै नलाने भएको छ ।
सांसद गिरीले भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्साअनुसार संविधानको अनुसूची संशोधन गर्न सरकारले पेश गरेको संशोधन विधेयक खारेज गर्न संशोधन दर्ता गरेकी थिइन् । मुलुकको राष्टियता, सार्वभौमसत्ता, स्वाधीनता तथा संसद नियमावलीविपरित गिरीले प्रस्ताव राखेको भन्दै उक्त प्रस्ताव संसदको छलफलमा नलगिने संसदको जनाएको छ ।
सांसद गिरीकै पार्टी समाजवादीले संशोधन फिर्ता लिन निर्देशन दिइसकेको छ । त्यसैले पनि गिरिको प्रस्तावलाई संसदको छलफलमा नलगिएको बताइएको छ ।
प्रतिनिधिसभा नियमावलीको नियम ७४ मा मूल प्रस्तावको सिद्धान्तविपरित संशोधन राख्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । सरकारले संविधानको अनुसूची (३) मा रहेको निशान छापभित्र रहेको मुलुकको पुरानो नक्सा परिवर्तन गर्न संशोधन विधेयक दर्ता गरेको थियो । तर, गिरीले विधेयकको मुल प्रस्ताव नै आधार र प्रमाणबिना भएको भन्दै खारेजीको प्रस्ताव गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्